नियम १०
स्थलगत निरीक्षण गर्ने
(१) नियम ७ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले कार्ययोजना पेश नगरेमा वा पेश गरेको विवरण यथार्थपरक भए नभएको वा नियम ९ को उपनियम (१) वा (२) बमोजिम हस्तान्तरण गरेको सम्पत्ति यथार्थपरक भए नभएको यकीन गर्न आवश्यक भएमा प्राधिकरणले जुनसुकै समयमा स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि प्राधिकरणले आफ्नै अधिकृत कर्मचारीलाई निरीक्षक तोक्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम तोकिएको निरीक्षकले निरीक्षण गरी सोको प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि प्राधिकरणले आफ्नै अधिकृत कर्मचारीलाई निरीक्षक तोक्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम तोकिएको निरीक्षकले निरीक्षण गरी सोको प्रतिवेदन पेश गर्नु पर्नेछ।